थल्हीमा जिल्लास्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता सञ्चालन

दिपा यादव
राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिकामा प्रथम पटक जिल्लास्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ ।

गाउँपालिका कार्यालयको सहयोगमा हाम्रो स्टार युवा क्लवद्वारा वडा नम्बर १, थल्हीमा आयोजित प्रतियोगिताको उद्घाटन पालिका अध्यक्ष उमेश प्रसाद यादवले गरेका छन् । विभिन्न वडा अध्यक्षहरुको उपस्थितिमा कप परिकरमा गर्दै रिबन काटेर गरिएको छ । उद्घाटन मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि यादवले खेलकुद स्वास्थयका लागि आवश्यक रहेको बताउँदै यस्ता प्रतियोगिताहरुका लागि भविष्यमा समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
क्लवका अध्यक्ष मो.सइमको अध्यक्षतामा आयोजित उद्घाटन वडा नम्बर १ का अध्यक्ष बलराम यादव लगायतले शुभकामना मन्तब्य व्यक्त गरे । उद्घाटन खेल शम्भूनाथ एफ.सी सप्तरी र बराहक्षेत्र फुटबल क्लव सुनसरीको विच भएको छ ।
जसमा शम्भुनाथले टाइब्रेकरमा ३–१ ले सुनसरीलाई पराजित गरेको छ । निर्धारित ९० मिनेट खेलमा समयको अभावले खेल ७० मिनेटमा छोट्याएको थियो । निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि टाइब्रेकर मार्फत निर्णय गरिएको थियो । जसमा शम्भुनाथ एफ.सिले जित हासिल गर्यो । मङ्गलबारको खेल बरमझिया र अर्नाहा बिच हुने आयोजकले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस