विष्णुपुर गाउँपालिकाको वडा नं. १ बालविवाहमुक्त घोषणा

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर–१ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।

शनिबार जमुनीमा आयोजित विशेष घोषणासभाबाट वडालाई औपचारिक रूपमा बालविवाहमुक्त घोषणा गरिएको हो । घोषणासभा वडा अध्यक्ष बलराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले  वडालाई बालविवाहमुक्त घोषणा गरेका छन् ।

कार्यक्रममा सेभ द सप्तरीका अध्यक्ष ध्रुव देव, तत्कालीन गाउँ विकास समिति जमुनी मधेपुराका पूर्व अध्यक्ष मुनीलाल खंग मण्डल, गाउँपालिकाका योजना शाखा अधिकृत गंगाराम साह, पूर्व सचिव नन्दी यादव, समाजसेवी दिनेश कुसियैत यादव, समाजसेवी ब्रह्मदेव यादव, वडा सचिव विनोद कुमार यादव, स्वास्थ्य शाखा प्रमुख शिवकुमार साहलगायतले बालविवाहका कारण समाजमा पर्ने नकारात्मक प्रभाव र यसलाई अन्त्य गर्न समुदायको भूमिकाबारे मन्तब्य व्यक्त गरे । सोही अवसरमा बालविवाहमुक्त घोषणा कार्यक्रमलाई सफल बनाउन भूमिका निर्वाह गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ ।

कार्यक्रममा सेभ द सप्तरीका अध्यक्ष ध्रुव देवले विष्णुपुर गाउँपालिकाका अन्य वडाहरूलाई पनि चरणबद्ध रूपमा बालविवाहमुक्त घोषणा गरिने जानकारी दिएका छन् । स्वागत मन्तव्य खुशीलाल मण्डलले गरे भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक हरिगोविन्द मण्डलले गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस