चर्चित गायक सुनील मल्लिकको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति

जनकपुरधाम । मिथिला नाट्यकला परिषद् (मिनाप) को ४६औँ साधारणसभाबाट चर्चित गायक तथा संगीतकार सुनील मल्लिकको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा रामनारायण ठाकुर र संगीता देव चयन भएका छन् । महासचिवमा विष्णुकान्त मिश्र, सचिवमा धीरज ठाकुर तथा कोषाध्यक्षमा अनिता रानी मण्डल निर्वाचित भएकी छन् ।

यसैगरी सदस्यहरूमा गंगाकान्त झा, चन्द्रशेखर यादव, मुकेश झा, मुकेश ठाकुर, सन्नी राउत, ध्रुव झा र ईन्देश मिश्र रहेका छन् ।

कार्यक्रममा उपस्थित व्यक्तित्वहरुले नव निर्वाचित कार्यसमितिलाई बधाई दिँदै मिथिला क्षेत्रको नाट्यकला, संगीत र सांस्कृतिक अभियानलाई थप सशक्त बनाउने विश्वास सहित शुभकामना दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस