राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाबारे तीन बुँदे सहमति, रिले अनसन स्थगित

राजविराज । सप्तरीको राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापना लगायतका माग राख्दै आएका आन्दोलनरत पक्ष र सम्बन्धित निकायबीच सहमति पश्चात रिले अनसन तथा आन्दोलन स्थगित गरिएको छ ।

अर्थ मन्त्रालयका उपमहानिर्देशक रमेश अर्याल र आन्तरिक राजस्व कार्यालय स्थापना संघर्ष समिति, राजनीतिक दल, सरोकारवाला निकाय बीच बुधबार भएको तीन बुँदे सहमतिअनुसार संघर्षका कार्यक्रम स्थगित भएको हो । सप्तरीबासी तथा अनसनरत पक्षको माग बमोजिम अर्थ मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न आन्तरिक राजश्व

विभागमार्फत नेपाल सरकार, अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

यसैगरी, करदाता सेवा कार्यालय, राजविराजबाट हालसम्म प्रवाह हुँदै आएको सेवाको वैकल्पिक सेवा दिने निकायको क्षमता विकास भई सेवा सहज नहुन्जेलसम्म करदाता सेवा कार्यालय, राजविराजले यथावत रूपमा सेवा प्रवाह गर्ने सहमति भएको छ । उपरोक्त सहमतिसँगै आन्दोलनरत पक्षले ६ दिनदेखि सञ्चालन गर्दै आएको रिले अनसन तथा आन्दोलन स्थगित गर्ने निर्णय गरेका छन् ।

यता सहमतिलाई कार्यान्वयन गरिने विश्वास व्यक्त गर्दै आन्दोलनरत पक्षले सहमति पालना नभए पुनः आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस