सफाइकर्मीका लागि सभामुख यादवको सकारात्मक पहल

जनकपुरधाम । मधेश प्रदेश सभाका सभामुख  राम आशिष यादवले मानवीयता र जिम्मेवार नेतृत्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन् ।

उनले मधेश प्रदेश सभा सचिवालयमा कार्यरत सबै सफाइकर्मीहरूलाई विशेष प्राथमिकतामा राख्दै उनीहरूको स्वास्थ्य, सुरक्षा र सामाजिक उन्नतिका लागि महत्वपूर्ण निर्देशनहरू दिएका हुन् । सभामुख यादवले प्रदेश सभामा रहेको मेडिकल एकाइलाई सफाइकर्मीहरूको स्वास्थ्यको नियमित निगरानी तथा ख्याल राख्न निर्देशन दिएका छन् ।

यसका साथै सरसफाइ कार्यका लागि आवश्यक युनिफर्म, ग्लोभ्स, मास्क, बुट, टोपी, एप्रोनलगायत सुरक्षात्मक पोसाकको तत्काल व्यवस्था गर्न सचिवालयलाई आदेश दिएका छन् ।
सफाइकर्मी परिवारको भविष्यप्रति संवेदनशीलता देखाउँदै उनले उनीहरूका छोरा–छोरीलाई विद्यालय भर्ना गराउने व्यवस्था मिलाउन तथा एक जना सफाइकर्मीलाई उच्च शिक्षाका लागि आजै कलेजसँग समन्वय गरी भर्ना प्रक्रिया अगाडि बढाउन निर्देशन समेत निर्देशन दिए ।

सभामुख यादवले प्रदेश सभा सचिवालय परिसरको सरसफाइलाई अझ व्यवस्थित, स्वच्छ र मर्यादित बनाउन विशेष जोड दिएका छन् ।

यो पहलले नेतृत्व केवल पद र अधिकारमा सीमित नहुने, बरु मानवीय सेवा, सम्मान र संवेदनशीलताको अभ्यास हो भन्ने सशक्त सन्देश दिएको छ । यस अघिउनलेे मधेश प्रदेशसभामा कार्यरत  सरसफाइ कर्मचारीलाई जाडाेबाट बच्न ब्ल्याङ्केट उपलब्ध गराएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस