राजविराज, १६ फागुन । नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् पूर्व सांसद दानालाल चौधरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ३, कचन्दाहा निवासी चौधरीलाई शनिवार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले गम्छा र माला लगाएर स्वागत गरेका हुन् । ०५१ सालको मध्यावधी निर्वाचनमा नेकपा एमालेबाट तत्कालिन क्षेत्र नम्बर ४ बाट सांसदमा निर्वाचित भएका थिए ।
पछिल्लो समय उनी नेपाली कम्युनिष्ट पार्टीमा सक्रिय रहँदैआएका थिए । पुराना कम्युनिष्ट नेताका रुपमा परिचित उनी प्रभावशाली नेताका रुपमा चिनिन्छन् ।