उपराष्ट्रपति यादवसँग बंगलादेशी राजदूतको भेट, सहकार्यका नयाँ सम्भावना

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि मो. शफिकुर रहमानले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन् ।

भेटका क्रममा नेपाल–बंगलादेशबीचको द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको थियो। उपराष्ट्रपति यादवले सन् १९७२ देखि कायम कूटनीतिक सम्बन्धले दुई देशबीच मित्रवत् र सौहार्दपूर्ण सम्बन्ध विकास भएको उल्लेक्ख गरे। उहाँले सम्बन्ध आपसी सम्मान, समानता र विश्वासमा आधारित रहेको बताउँदै बंगलादेशसँगको सहकार्यलाई नेपालले उच्च प्राथमिकता दिएको बताए।

उपराष्ट्रपति यादवले बंगलादेशमा हालै सम्पन्न निर्वाचन सफल भएकोमा बधाई दिँदै नयाँ सरकारलाई शुभकामना व्यक्त गर्नुका साथै, नेपालमा पनि प्रतिनिधिसभा निर्वाचनपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै दुवै देशबीच सहकार्य अझ मजबुत हुने विश्वास व्यक्त गरे ।

राजदूत रहमानले नेपाल–बंगलादेश सम्बन्ध जनता–जनताबीचको सम्बन्धमा आधारित रहेको उल्लेख गर्नुभयो। उहाँले वाणिज्य, शिक्षा र ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्न सकिने बताउँदै हाल नेपालबाट आयात भइरहेको ४० मेगावाट विद्युतलाई ६० मेगावाटसम्म पुर्‍याउने प्रस्ताव राख्नुभयो। साथै, नेपालको व्यापार घाटा न्यूनीकरणमा बंगलादेश सहकार्य गर्न तयार रहेको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस