दलान फाउण्डेशनद्वारा वाक तथा श्रवण सम्बन्धी सचेतना तथा कान परीक्षण

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर १ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियामा सोमबार वाक तथा श्रवण सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरियो ।

दलान फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा काठमाडौँ स्थित पाटन अस्पतालमा कार्यरत वाक तथा श्रवण विशेषज्ञ रामविनय यादवले विद्यार्थीहरुलाई कान तथा बोलीको समस्या एवम् सुरक्षाबारे जानकारी दिएका छन् । विद्यार्थीहरुको जिज्ञासा सम्बोधन गर्नुका साथै उपस्थित विद्यार्थीहरुको कानको परीक्षण समेत गरेका छन् ।

कार्यक्रममा कक्षा ९ मा अध्ययनरत छात्रछात्राहरुको सहभागिता रहेको थियो । उक्त अवसरमा दलान फाउण्डेशनका सल्लाहकार समेत रहेका आमसञ्चार प्राधिकरण मधेश प्रदेशका पूर्व अध्यक्ष श्यामसुन्दर यादव, विद्यालयका प्रधानाध्यापक रामनारायण यादव, सहायक प्रधानाध्यापक महेश कुमार यादव, फाउण्डेशनका सचिव दिपक कुमार यादव, लेखापाल रामलखन यादव लगायतको समेत उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस