सलहेश फूलबारी मेलामा घुइँचो

राजविराज । हरेक वर्ष झैं यो वर्ष पनि नयाँ वर्षको अवसरमा सिरहाको सलहेश फूलबारीमा आज भव्य मेला लागेको छ ।

नयाँ वर्षको पहिलो दिन अर्थात वैशाख १ गते लाग्ने यस मेलामा सुनाखरी फूलको दर्शन र पूजा गर्न बिहानैदेखि श्रद्धालुहरूको ठूलो भीड लाग्ने गर्दछ । करिब नौ बिघा क्षेत्रफलमा रहेको फूलबारीभित्र हारमको रूखमा फूल्ने फूललाई फूललाई विशेष धार्मिक आस्थाका साथ हेर्ने गरिन्छ ।

इतिहासविद्का अनुसार १४औँ शताब्दीका लोकनायक राजा सलहेश र उनकी प्रेमिका मालिनीको प्रेमको प्रतीकका रूपमा यो फूल फूल्ने जनविश्वास रहँदैआएको छ । मेलामा विगतका वर्षहरु झैं यो वर्ष पनि नेपाल तथा भारतबाट मेला तथा दर्शनका लागि आउने गर्दछ ।

सलहेशको दर्शन तथा भाकल गरेपछि प्रेम एवम् दाम्पत्य जीवन सफल हुने समेत विश्वास रहेको छ ।

Pic. facebook

 

Author:



क्याटोगरी छान्‍नुहोस