साम्राज्यवादी संघर्षले घेरेको विश्व: मानवताको लागि आवाज उठाऔँ”

रोशन जनकपुरी
गएको वर्ष युद्धमा बित्यो। विश्वका अनेकौँ देशहरु आपसमा लडिरहेका छन्। रसिया- युक्रेन होस, अमेरिका – इजरायल र इरान होस, विश्व बजारमाथी कब्जा गर्न विश्वलाई बारुदमय बनाउँदै छन्। अमेरिकी साम्राज्यवादको बलमा फासीवादी विस्तारवादी इजरायल गाजा, वेस्टबैंक प्यालेस्टाइनमा निर्दोष जनतामाथी बम वर्षा गर्दै छ । लेबनानमाथी बम वर्षाउँदै छ । साम्राज्यवादको नाइके अमेरिका विश्वलाई आफ्नो पैताला मुनि राख्न चाहन्छ ।

ऊ विश्वभरीको सम्पदामाथी कब्जा गरेर बजारमा बेच्न चाहन्छ। उसको प्रतिरोध गर्न साहस गर्नेलाई उसले अपहरण गर्छ, हत्या गर्छ, विरोधी देशमाथी अकारण हमरा गर्छ । ईरान, यस्तै खालको साम्राज्यवादले थोपरेको युद्धको प्रतिरोधी युद्धमा छ । युद्ध पिपासु साम्राज्यवादीहरुको वर्चस्वको महत्वाकांक्षाको शिकार विश्वभरीका निर्दोष जनता भइरहेका छन् । यी अमानवीय कृत्यहरुमा छ महिनाका बच्चा समेत मारिदैँछन् ।

पुरानो वर्ष साम्राज्यवादी युद्धमै बित्यो। नयाँ वर्ष झन् भयानक देखिँदैछ । वर्तमान विश्वमा फासीवाद मूख्य दुश्मनको रुपमा देखिँदैछ । ट्रम्प र नेतान्याहू नयाँ फासीवादका प्रतिनिधि अनुहार बनेका छन्, जसले आफूलाई विश्वको रक्षक घोषित गर्छ, विश्वको सम्पदा लुट्न ग्यांग्स्टर झै कुनै तथ्य र तर्क बिना जहाँसुकै आक्रमण गर्छ, जुनसुकै शासकको अपहरण गर्छ, जुनसुकै देशमा आफ्नो वर्चस्वको निम्ति जनता मार्न हिच्किचाउँदैन।

कमबेसी अन्य साम्राज्यवादी शक्तिहरू पनि यस्तै गरिरहेका छन्। विश्व जंगल जस्तो भएको छ, र शासकहरु हिंसक पशु जस्तो। विश्वका सामाजिक नियमहरु पनि जंगली भएका छन् । यसलाई मानवीय बनाउन सबै मानवीय समुदाय को साझा स्वर उठ्नु जरुरी छ।
आउनुस्, नयाँ वर्षमा विश्वलाई जंगलबाट मानवीय बनाउने संकल्प गरौँ !

Author:



क्याटोगरी छान्‍नुहोस