बभनगामाका अग्निपीडितलाई सप्तरी उद्योग वाणिज्य संघले गरे सहयोग

राजविराज–सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६, बभनगामाका अग्निपीडित परिवारलाई सप्तरी उद्योग वाणिज्य संघले खाद्यान्नलगायतका सहयोग गरेको छ ।

आइतबार संघआवद्ध पदाधिकारी र सदस्यहरु त्यहाँ पुगेर चामल, दाल, तेल, नून, तरकारी, भूजा, मग, बाल्टिन, त्रिपाललगायतका सामग्री सहयोग गरेका हुन् ।

संघबाट उपलब्ध गराइएका ती सामग्री सम्पूर्ण अग्निपीडितलाई उपलब्ध गराइएको संघका अध्यक्ष लालुप्रसाद अग्रवालले जानकारी दिए । विद्युत सर्ट भएर गत शनिबार राति त्यहाँ आगलागी भएको थियो ।

आगलागीमा २० वटा घर जलेर करिब ५० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस