राजविराज । देशकै पहिलो टाउन प्लानिङ्ग सिटीको रुपमा स्थापना गरिएको राजविराज यतिबेला आफ्नो पुरानो शाख फर्काउन अगाडि बढेको छ ।

पछिल्लो समय रङ्ग हराएको गुलाबी सहरको उपमा पाएको राजविराजमा विकास निर्माणका कामहरु अगाडि बढाइएको छ । सहरको मुटु तत्कालीन त्रिभुवन चौक हाल गजेन्द्र चौकको कायापलट हुने भएको छ । मधेशका मसिहा स्व. गजेन्द्रनारायण सिंहको नाममा स्थापित उक्त चौक तथा बजार क्षेत्रलाई आकर्षक बनाइने भएको छ ।

चौकको सौन्दर्यीकरणका लागि डिपीआर भई ४० लाखको लागतमा टेण्डर आह्वान गर्ने कार्य अगाडि बढेको राजविराज नगरपालिकाका योजना अधिकृत मनोज यादवले जानकारी दिएका छन् । उनका अनुसार फाउन्टेन, गार्डेन, लाइट, टायल्स, मार्वल्स सहितका कामहरु रहेका छन् । यसका साथै मुख्य सडक कालोपत्रे गर्ने कार्य सडक डिभिजन कार्यालय मार्फत हुनेछन् ।
नगरपालिकाको मुख्य सडक हनुमानमन्दिरदेखि नेता चौकसम्मको सडकलाई अत्याधुनिक एवम् सौन्दर्यीकरण कार्य अगाडि बढेको छ । सप्तरी जिल्लाको पुरानो सदरमुकाम हनुमाननगर कोशी कटानमा परेपछि वि.सं. १९९८ सालमा राजविराजमा सारिएको थियो । २०१६ सालमा घोषित यो नगरपालिका सुरूमा ६० बिघा जग्गामा टाउन प्लानिड्ड गरिएको थियो । भारत राजस्थानको जयपुर सहरको नक्साका आधारमा ‘गुलाबी’ राजविराज सहर बसाइएको हो ।
प्रत्येक चार घरको पछाडि सानो गल्ली, मेनरोड र सहायक रोड जोडिने ठाउँमा चौक तथा अलग अलग स्थानमा हटिया, किराना पसल, तरकारी बजार लाइन र सरकारी कार्यालय भवनहरू रहेको छ । सरसफाईको अभाव, विकास निर्माण, अव्यवस्थित पार्कि¨ लगायतका समस्याहरु यो सहरले झेल्दैआएको छ ।
(हेर्नुहोस् भिडियो )