जबरजस्ती करणी उद्योगका फरार प्रतिवादी पक्राउ

विराटनगर, ६ कार्तिक । मोरङ्ग प्रहरीले जबरजस्ती करणी उद्योगका फरार तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनपालथान–७ का २० बर्षीय जयकृष्ण मण्डल, २१ बर्षीय रोशन कुमार मण्डल तथा २३ बर्षीय मञ्जित मण्डल रहेका छन् ।

उनीहरुलाई बुधवार राति गाँउ घर एरियाबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङ्गले जनाएको छ ।

तीनै जनामाथि २०७६ साल साउन १५ गते राति मोरङकै १३ बर्षीया र १९ बर्षीयालाई जवरजस्ती करणी उद्योग गरेको आरोप छ । थप कानूनी प्रक्रिया अगाडी बढाइएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस