विश्वभर छ करोड सात लाखबढी कोरोना संक्रमित

जनकपुरधाम । विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ७ लाख १६ हजार नाघेको छ । वल्र्डोमिटर्सको विहिवार अद्यावधिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ८९० बढी संक्रमित थपिएसँगै संक्रमितको संख्या ६ करोड ७ लाख १६ हजार ५४२ पुगेको हो ।

संक्रमितमध्ये हालसम्म ४ करोड २० लाख २८ हजार ७२२ निको भएका छन् । यसैगरी हालसम्म १ करोड ७२ लाख ६१ हजार ४१ सक्रिय संक्रमित छन् । त्यसमध्ये १ लाख ३ हजार ९३३ जनाको स्वास्थ्य अवस्था जटिल रहेको तथ्यांकमा छ ।

विश्वभर कोरोना संक्रमणबाट हालसम्म १४ लाख २६ हजार ७७९ जनाको मृत्यु भएको छ । सवैभन्दा बढी अमेरिकामा कोरोना संक्रमणबाट हालसम्म २ लाख ६८ हजार २१९ जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा १ लाख ७० हजार ७९९ र भारतमा १ लाख ३५ हजार २६१ जनाको कोरोनाबाट मृत्यु भएको तथयांकमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस