न्यूरो अस्पतालको नजिकै प्रतिबन्धित औषधीको गोदाम !

विराटनगर, २६ माघ । विराटनगर–५ स्थित न्यूरो अस्पताल नजिकको एक घरबाट १० लाखभन्दा बढी रुपैयाँ बराबरको प्रतिबन्धित औषधी बरामद भएको छ । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आईताबार साँझ सो प्रतिबन्धित औषधी बरामद गरेको हो ।

स्थानीय राम प्रसाद साहको घरमा डेरा गरी बस्दै आएका विकाश मण्डल र उनको भाई विक्रम मण्डलको कोठामा खानतलासी गर्दा सो औषधी बरामद भएको छ । घरबाट एमिडोन, पारासिटामोल र डेस्रिम इन्जेक्सन लगायत ७९ ब्राण्डका गरी १० लाख ३ हजार १८० रुपैयाँ बराबरको प्रतिबन्धित औषधी बरामद भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी औषधीमा टाँस्न प्रयोग गरिने स्टीकर बनाउने प्रिन्टर पनि बरामद भएको छ । औषधीसँगै विक्रमलाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेका विक्रम र औषधीलाई आवश्यक कारवाहीकोलागि औषधी व्यवस्था विभाग विराटनगरमा बुझाउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस