आज १३० जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

जनकपुर । नेपालमा आज १३० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ७४४ छ । त्यसैगरी पछिल्लो २४ घण्टामा १९४ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६८ हजार २६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ४५ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस