भारतमा एकै दिन काेराेना संक्रमितकाे संख्या अहिलेसम्मकै उच्च

भारतमा पछिल्लाे चाैबिस घण्टामा अहिलेसम्मकै सर्वाधिक धेरै काेराेना संक्रमित थपिएका छन्। भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे चाैबिस घण्टामा १ लाख ८४ हजार ३७२ जना संक्रमित थपिएका हुन्।

याे अवधिमा मृत्यु हुनेकाे संख्या पनि एक हजार नाघेकाे छ। मन्त्रालयका अनुसार एकैदिन १०२७ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे हाे।

भारतमा अहिलेसम्म १ कराेड ३८ लाख ७ हजार भन्दा धेरै संक्रमित भएका छन्। उनीहरुमध्ये १ लाख २७ हजार भन्दा धेरैकाे संक्रमणका कारण मृत्यु भएकाे छ।

भारतमा अहिलेसम्म ११ कराेड ११ लाख भन्दा धेरै मानिसलाई काेराेना भाइरसविरुद्धकाे खाेपकाे पहिलाे मात्रा लगाइसिकएकाे छ। तर दिनप्रतिदिन काेराेना संक्रमण झनै आक्रामक बनिरहेकाे छ। भारतका विभिन्न शहरमा फेरि लकडाउन लागू गरिएकाे छ।

Author:



क्याटोगरी छान्‍नुहोस