सप्तरीमा थप २ जनामा देखियो कोरोना

राजविराज । सप्तरीमा मंगलबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार राजविराज नगरपालिका २ का ५८ वर्षिय पुरुष  र रुपनी गाउँपालिका ५ की ३६ वर्षिया महिलामा संक्रमण पुष्टि भएको हो ।

योसँगै सप्तरीमा सक्रिय कोरोना संक्रमितको संख्या ३ पुगेको छ।

पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये एक जना स्वास्थ्यकर्मीका आफन्त तथा अर्का सरकारी कर्मचरी हुन् । दुबै जनालाई अहिले होम आइसोलेशनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस