प्रदेश २ मा थप ३१ जनामा देखियो कोरोना संक्रमण

राजविराज । प्रदेश–२ मा एकैदिन ३१ जनामा कोभिड–१९ संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल सप्तरी र नारायणी अस्पताल वीरगंजमा गरिएको परिक्षणमा पर्सामा २३ , धनुषामा २, बारामा २ , रौतहटमा ज्ञ र महोत्तरीमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश–२ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद मण्डलले जानकारी दिए ।

यससँगै यस प्रदेशमा संक्रमितको संख्या १७ हजार ४ सय ३४ पुगेको छ ।

प्रदेशमा कोरोनाको सक्रिय संक्रमितको संख्या १ सय २२ पुगेको छ । हाल पर्सामा १ सय ३५ , बारामा ४१ , धनुषामा २१ , सिरहामा ८, महोत्तरीमा १०, सप्तरीमा ३, सर्लाहीमा २ र रौतहटमा २ जना कोरोनाको सक्रिय संक्रमित छन् ।

 

 

Author:



क्याटोगरी छान्‍नुहोस