सांसद यादवद्वारा प्रदेशमा लकडाउन थप्न मुख्यमन्त्रीलाई आग्रह

राजविराज, १५ साउन । सप्तरी क्षेत्र नम्बर ४ ( ख) बाट निर्वाचित प्रदेश सभा सदस्य अभिषेक यादवले प्रदेशभरि नै कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै पुनः लकडाउन गर्न माग गरेका छन् ।
जनता समाजवादी पार्टीका सांसद यादवले सामाजिक सञ्जाल फेसबुक तथा फोन मार्फत विहीबार प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतको ध्यानाकर्षण गराएका हुन् । प्रदेश २ मा दिनप्रतिदिन कोरोना भाइरसका संक्रमित थपिदै गएकोले सम्भावित मानवीय क्षति हुनबाट जोगाउन तथा अन्य क्षति रोक्न प्रदेशलाई पुर्ण रूपमा लकडाउन गर्नुपर्ने सांसद यादवको भनाइ छ । पिसिआर टेष्टको दायरा बढाउनुका साथै बाढी प्रभावित क्षेत्रमा अविलम्ब ठोस् कार्ययोजना बनाई नदी कटान नियन्त्रण र बाढी पीडितलाई पुनःस्थापन गराउन र राहत प्याकेज ल्याउन समेत सांसद यादको आग्रह छ ।

‘मधेश लाइभ’सँग संक्षिप्त कुराकानी गर्दै सांसद यादवले प्रदेश सरकारका एक मन्त्रीका सवारी चालकमा समेत कोरोना देखिएकोले कोरोना संक्रमणको जोखिम बढ्दै गएको बताए । आफु हाल घरमै सुरक्षित अवस्थामा रहेको जानकारी दिँदै प्रदेश सरकारका मन्त्री, सांसद लगायत कर्मचारीहरुलाई उच्च सतर्कता आवश्यक रहेको उनले बताए । यस विषयमा मुख्यमन्त्रीसँग समेत टेलिफोनमा कुराकानीका क्रममा आग्रह गरेको सांसद यादवले जानकरी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस