कोरोनाः २४ घण्टामा २७४ संक्रमित थपियो, २२७ जना डिस्चार्ज

जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सयभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ७४ जनामा संक्रमण देखिएको हो ।

दुई सय ७४ जनामा संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १९ हजार ५ सय ४७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएको छ । कोरोनाका कारण हालसम्म देशभर गरी ५२ जनाको मृत्यु भएको छ ।

प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरी ६ हजार ३ सय ४ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको छ । यसैगरी पछिल्लो २४ घण्टामा देशभर गरी २ सय २७ जना संक्रमण मुक्त भई घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेहरुको संख्या १४ हजार २ सय ४८ पुगेको जनाएको छ ।

हाल देशभरमा ५ हजार २ सय २७ जना संक्रिय संक्रमित रहेका छन भने १३ हजार २ सय १ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस