भारतमा बढ्दो कोरोना संक्रमण, एकै दिन ९५ हजार संक्रमित

जनकपुरधाम । पछिल्लो २४ घण्टामा भारतमा ९५ हजार ७३५ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार सोही अवधीमा १ हजार १७२ कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतमा हालसम्म ४४ लाख ६५ हजार ८६३ जनामा कोरोना संक्रमण देखिसकेको छ । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५ हजार ६२ पुगेको तथ्यांकमा उल्लेख छ । भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिकापछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

भारत कोरोना संक्रमणको इपिसेन्टर बनेको छ । दैनिक ९५ हजारसम्म कोरोना संक्रमण पहिचान भइरहेको भारतमा संक्रमणको दर बढ्दै गइरहेको छ । लकडाउन–लुज डाउनको नीति अख्यिार गर्दै सार्वजनिक सवारी तथा रेल सेवा सञ्चालनमा आएसँगै भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको तथ्यांकले देखाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस