स्थायित्व र सुशासनका लागि संविधान पुनर्लेखनः जसपा अध्यक्ष यादव

राजविराज । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले देशलाई स्थायित्व र सुशासनको बाटोमा लैजान अब संविधान पुनर्लेखन अपरिहार्य भएको बताएका छन् ।

सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–२ लौनियाँमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले वर्तमान संसदीय व्यवस्था असफल भइसकेको र देश गम्भीर संकटको चपेटामा परेको दाबी गरे । अध्यक्ष यादवले भने, “नेपालमा जननिर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक भइसकेको, राष्ट्रपति प्रत्यक्ष जनताबाट चयन हुनुपर्छ, सांसद कानुन बनाउन, बजेट पारित गर्न र सरकारको निगरानी गर्न मात्र सीमित हुनुपर्छ ।”

उनले नेपाली कांग्रेस, एमाले र माओवादी नेतृत्वले देशमा कमीशन तन्त्र र लुटतन्त्र स्थापनाको खेल खेलेको आरोप लगाए । गलत शासन प्रणाली र राजनीतिक विकृतिले अहिलेको जेन–जी आन्दोलन जस्ता असन्तोषका रूपहरू जन्माइरहेको उनको टिप्पणी छ । अध्यक्ष यादवले दलहरूको स्वार्थ र सत्ताको खेलले आम नागरिकको विश्वास गुमाएको बताउँदै मधेशदेखि पहाडसम्मका जनतालाई राजनीतिक रूपान्तरणका लागि एकजुट हुन आग्रह गरे ।

कार्यक्रममा माओवादी केन्द्रका पालिका अध्यक्ष खगेन्द्र मण्डलको नेतृत्वमा करिब दुई सय कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका जिल्ला सचिव निरज मुक्तिले जानकारी दिएका छन् । जसपा प्रवेश गर्नेहरूलाई अध्यक्ष यादवले स्वागत गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस