भेटिएन कोही चिनिएको, तर चिने सबैले

निता थापा

 

केही दिनअगाडि एउटा बिवाह पाटीमा पुगेको थिएँ
न त त्यो मेरो नातेदारको घर थियो,
नै म आफैँलाई खासै कोही चिन्थेँ।
बस्, समय मिल्यो, मनले भन्यो,
“जाऊ, उपस्थिति जनाइदेर फर्क”
र म हतारिएको साँझजस्तै
त्यो जमातभित्र छिरेँ।
तर भित्र छिरेको केही मिनेटमै
एउटा अनौठो तरंगले
मेरो कुम छोएको जस्तो लाग्यो
धेरै नजरहरू
धेरै छड्के हेर्नाहरू
धेरै “यो को हो?” भन्ने मुखैले नबोलेका प्रश्नहरू।
म अलि असहज भएँ,
किनकि म कोही ‘विशेष’ त थिएँ जस्तो लाग्दैनथ्यो
तर त्यहाँ, त्यो भीडभित्र,
मानौं मेरो उपस्थितिले
हावा फेरेको थियो।
आज पो थाहा पाएँ
मेरो पोस्टहरू, मेरा शब्दहरू
कसैको बिहानको चिया बन्दैछन्,
कसैको रातको एकान्त साथी बन्दैछन्।
त्यही विवाहघरका मान्छेहरूले
बेहुलीलाई सोधिरहेछन्,
“उनी को हो? सबैले चिन्छन् जस्तो!”
र बेहुली मुस्कुराएर भन्थी रे,
“पोस्ट लेख्ने मान्छे हो पर्दा पछाडिको आवाज।”
तेही दिनदेखि
मेरो इनबक्समा ढुकढुकेझैँ
एकपछि अर्को सन्देश बजिरहेछ।
कसैले भन्यो
“तिमीलाई त्यहीँ देखेर चिनेँ।”
कसैले भन्यो
“पोस्टले बोल्छ, मान्छे देखेर पक्का भएँ।”
कसैले त “धन्यवाद” मात्र लेखेर
मन टल्काइदियो।
त्यसपछि एक क्षण
मैले आफैँलाई चुपचाप सम्झाएँ
कहिलेकाहीँ हामी
भिडको बीचमा एक्लै हिँडिरहेको ठान्छौँ
तर पर–पर कतै
हाम्रो आवाज,
हाम्रो लेखाइ,
हाम्रो उपस्थिति
पहिल्यै कसैको मनमा ठाउँ बनाइसकेको हुन्छ।
त्यही सबै मनहरूलाई,
त्यो विवाहदिन्छको अचटारो नजरलाई,
मलाई हेरेर पनि
कुनै शब्द नबोलेका ती चिन्नेन-जस्तै चिनेका मानिसहरूलाई
मनको एउटा सानो उज्यालो उठाएर भन्छु:
धन्यवाद।
तिमीहरूले चिनेको भावना
बालबालुका टीका जस्तै
शान्त, उज्यालो र गहिरो भएर बसिरहेछ।

Author:



क्याटोगरी छान्‍नुहोस