राजविराज । सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवको बाहिरिएको ‘कमिसन सम्वाद’को ‘कल रेकर्ड’ ढाकछोप गर्न सोही प्रकृतिका नाटकीय ढंगले ‘रेकर्ड’ गरिएको ‘अडियो’ सार्वजनिक गरेको पाइएको छ ।
बुधबार बिहान अध्यक्ष यादवले नै आफ्नो सामाजिक सञ्जालमा ‘यसमा के गलत भनेको छु’ भन्दै ती ‘अडियो’ सार्वजनिक गरेका हुन् । ‘मधेशलाइभ’ले सार्वजनिक गरेको ‘कल रेकर्ड’को अडियो र पछि नाटकीय ढंगले ‘रेकर्ड’ गरिएको ‘अडियो’ आफ्नो फेसबुकमा साझा गर्दै अध्यक्ष यादवले लेखेका छन् ‘अब भन्नुस यस्मा म सहि कि यो Madheshlive का पत्रकार सहि । सबैभन्दा पहिले पत्रकार भनेको देश बिदेशमा रहेको जनताहरु सम्म सत्य सत्य खबर पुर्याउनु हो। तर यस्ता यस्ता झुठो खेती गर्ने पत्रकारहरलाइ अब के भन्नु ।’
झट्ट सुन्दा ती ‘अडियो’ उस्तै सुनिए पनि मंगलबार साँझ ‘मधेशलाइभ’ले सार्वजनिक गरेको ‘कल रेकर्ड’ भने फरक हो । ‘कमिसन’का लागि स्थानीय ठेकेदार राहुल साहलाई धम्क्याएको विषय बाहिरिएपछि सोही प्रकृतिको नाटकीय ‘अडियो’ तयार पारिएको छ ।
उक्त अडियो यसअघिको ‘कल रेकर्ड’ र अध्यक्ष यादवले सार्वजनिक गरेका ‘अडियो’मा गरिएका सम्वादले वास्तविकता छर्लङ्ग भएको छ ।
यो पनिः
रुपनीका अध्यक्षले ‘कमिसन’ का लागि धम्क्याएको ‘कल रेकर्ड’ बाहिरियो (EXCLUSIVE)