मनसुन सक्रियताले अझै तीन दिन भारी वर्षको सम्भावना

जनकपुर । देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ । मनसुनको न्यून चापिय रेखा तराई भू–भाग नजिक रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन सक्रियताका कारण आजदेखि तीन दिन भारी वर्षको सम्भावना रहेकोले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । आज बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

यसैगरी भारी र धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने जनाएको विभागले यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस