जसपाकाे आधिकारिकता विवाद ११ साउनमा टुंगो लाग्ने, जसपाका ५१ नेतालाई आयाेग बाेलाइयाे

जनकपुरधाम । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारीणी समितिका पदाधिकारीहरूलाई साउन ११ गते आयोग बोलाएको छ । जसपाको विवादमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया नेतृत्वमा रहेको इजलासले दल दर्ताको वखतका केन्द्रीय कार्यकारिणी समितीका पदाधिकारीको सनाखत गराउन आदेश दिएको हो ।

“साउन ११ गते दल दर्ता हुँदाका केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीहरूलाई नागरिकताको सक्कल कपी, मतदाता परिचय पत्रको सक्कल कपी लिएर को–कता भनेर सनाखत गराउन आदेश भएको छ,” आयोग स्रोतले भन्यो ।

जसपाको कार्यकारिणी समितिमा ५१ सदस्य छन् । अध्यक्ष उपेन्द्र यादव पक्षले आफूसँग बहुमत रहेको दाबी गर्दै आएको छ । आयोगले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पछि विस्तार गरेको समितिका पदाधिकारीलाई भने मान्यता दिएन ।

Author:



क्याटोगरी छान्‍नुहोस