जनकपुरधाम । काेराेना भाइरसका कारणले विदेशमा अलपत्र १ हजार ११५ नेपाली मंगलबार स्वदेश फर्किएका छन् । उनीहरुलाई विभिन्न एयरलाइन्सको उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्काएको हो ।
जसअनुसार नेपाल एयरलाइन्सले जापानको नारिताबाट २ सय ६४ यात्रु र ३ बच्चा तथा कतारको दोहाबाट १ सय ५१ यात्रुलाई स्वदेश ल्याएको छ । नेपाल एयरलाइन्स थप नेपालीको उद्धारका लागि दोहा र दुबई प्रस्थान गरेको विमानस्थलले जनाएको छ ।
यसैगरी, हिमालय एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट १ सय ५३ यात्रु र दोहाबाट १ सय ५२ यात्रु नेपाल ल्याएको छ भने थप यात्रुलाई ल्याउन हिमालयको जहाज दोहा र अबुधाबी उडेको छ । यसैगरी, एयर अरेबियाले सारजाहाबाट १ सय ६५, फलाई दुबईले दुबईबाट १ सय ५४ र मालिन्दो एयरले क्वालालम्पुरबाट १ सय ७६ नेपालीलाई स्वदेश फिर्ता ल्याएको विमानस्थल कार्यालयले जनाएको छ ।
कार्यालयबाट जारी गरिएकाे विज्ञप्तिमा अनुसार भाेली (बुधबार) पनि विभिन्न देशबाट नेपालीहरुलाई ल्याउने तालिमका रहेको छ । मंगलबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन र प्रस्थान गरी १२ वटा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भरेका छन् ।
याे पनि हेर्नुस्:
कोरोनाले मलेसियामा अलपत्र परेकाहरुलाई स्वदेश ल्याइने [यस्तो छ प्रक्रिया]