राजविराज । सप्तरीमा बुधवार पनि थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । खडक नगरपालिकाका तीन वालिकामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
कार्यालयका प्रमुख दुनीयालाल यादवका अनुसार वडा नं. १० का ४, ५ र १५ वर्षीया बालिका संक्रमित थपिएसँगै सप्तरीमा संक्रमितको संख्या ५३९ जना पुगेको छ । थपिएका तीनै जना संक्रमित एकै परिवारका हुन ।