सप्तरीको रुपनगरमा तिलगङ्गा आँखा अस्पतालको शाखा सञ्चालन हुने

राजविराज, २१ साउन । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर १२ स्थित रुपनगरमा तिलगङ्गा आँखा अस्पतालको शाखा सञ्चालन हुने निश्चित भएको छ ।

कञ्चनरुप नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले दिएको जानकारी अनुसार रुपनगरको कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र र कञ्चनरुप नगरपालिका समेतको सहयोगमा आँखा अस्पतालको शाखा खोलिने निश्चित भएको हो । उक्त विषयमा काठमाण्डौमा बुधबारै एक पक्षको सम्झौता भईसके पनि अर्को पक्षको सम्झौता विहीबार हुनेछन् । कञ्चनरुप नगरपालिकाको तर्फबाट वसन्त मिश्रले सम्झौता–पत्रमा हस्ताक्षर गर्ने निमित प्रमुख प्रशासकीय अधिकृत खड्काले बताए ।

विगत केही वर्षयता तिलगङ्गा आँखा अस्पतालसँगको सहकार्यमा कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रद्वारा पटक पटक आँखा जाँच शिविर सञ्चालन गरिसकेको छ । रुपनगरमा आँखा अस्पताल सञ्चालन भईसकेपछि पछि आँखा जाँचका साथै अप्रेसनसम्मको सुविधा रहने जनाईएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस