चतरा क्षेत्रमा कटान जारी, सप्तरीका यी स्थानमा पनि कटान हुने सम्भावना

राजविराज, १३ भदौ । लगातारको वर्षाका कारण कोशी नदीमा पानीको वहाव बढेको छ । बढ्दो वहावले चतरा क्षेत्रमा कटान भइरहेको भन्दै सप्तरीका केही स्थानमा पनि कटानको सम्भावना रहेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सप्तरीले आग्रह गरेको छ भने स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित सरोकारबालाहरुलाई सुरक्षाका लागि तत्काल आवश्यक तयारीमा जुट्न अनुरोध गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले आज सूचना जारी गर्दै हाल कोशी नदीको वहाव २ लाख ५३ हजार १९० क्यूसेक पुगेको उल्लेख गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागले प्रदेश २ का केही स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना व्यक्त गरिरहेकोले चतरादेखि क्षेत्रदेखि सप्तरीको सप्तकोशी, कञ्चनरुप र हनुमाननगर नगरपालिका तथा तिरहुत र तिलाठी कोइलाडी गाउँपालिकाका कोशी किनार आसपासका वस्ती तथा होचा स्थानमा बसोवास गर्नेहरुलाई सतकर्ता अपनाउन सूचनामा आग्रह गरिएको छ ।

 

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780