विभेदमा पारिएका वर्गको उन्थानका लागि प्रतिबद्ध छौं: लोसपा नेता सिंह

राजविराज, १४ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् राष्ट्रियसभा सदस्य शेखर कुमार सिंहले मधेसी, जनजाति, दलित, मुस्लिमसहित विभेदमा पारिएका वर्गको उन्थानका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

सोमवार राजविराज–३ स्थित लोसपा जिल्ला समिति सप्तरीको कार्यालय उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘लोजपा उत्पीडित, उपेक्षित र सीमान्तकृत समुदायको उत्थान गर्ने अभियान छन्, सो अभियानमा तपाई नेता÷कार्यकर्ताहरु पनि कटिवद्ध भएर लाग्नुस्’ उनले भने–‘आफुहरु पनि मधेसी, जनजाति र विभेदमा पारिएका वर्गको उन्थानका लागि प्रतिबद्ध भएर अघि बढेका छौं ।’

सो अवसरमा पार्टीका संसद तथा पार्टीका कार्यकारिणी समिति सदस्य चन्द्रकान्त चौधरी, पुर्व नगर प्रमुख शैलेश चौधरी, लोजपाका नेता एवम् जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, नेता जयप्रकाश ठाकुर, तिलाठी कोईलाडी गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह, राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, छिनमस्ता गाउपालिकाकी उपाध्यक्ष उषा मण्डल, पार्टी नेता दिनेश यादव, गजेन्द्र मण्डल, सुनिल झा, अमरनाथ मण्डल, रामपृत यादव लगायतले पनि बालेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस