रनिङ्ग शिल्ड फुटबलः उद्घाटन खेलमा सप्तरी विजयी

राजविराज, २२ असोज । सप्तरीको अग्निसाइर कृष्णसवरन गाउँपालिका–१ घोघिदाहामा प्रदेशस्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । जनचेतना ४० औं रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता समितिले सो खेलको आयोजना गरेको हो ।

शुक्रवार एक सम्मारोहकाबीच सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का सासद डा. सुर्य नारायण यादवले प्रतियोगिताको उद्घाटन गरेका छन् । प्रतियोगिता अन्तर्गत उद्घाटन खेल अग्निसाईर फुटबल टिम सप्तरी र गोलबजार स्पोर्ट्स कल्ब गोलबजार सिरहाकाबीच प्रतिस्पर्धा भएको छ ।

निर्धारित ७० मिनेटको खेलमा दुबै टिमले १–१ गोल गरेका थिए । सो पछि ट्राईबेकरको आधारमा अग्निसाईर फुटबल टिम सप्तरीले ५ र गोलबजार सिरहाले ४ गोल गरे ।

उद्घाटन खेलमा अग्निसाईर फुटबल टिम सप्तरीले १ गोलको अन्तरले विजयी हासिल गरेको आयोजकले जनाएको छ । आयोजक समितिका अध्यक्ष शम्भु चौधरीका अनुसार प्रतियोगितामा सप्तरी, सिरहा, उदयपुर, सिन्धुली, धनुषा, मोरङ्ग, सुनसरी लगायतका जिल्ला गरी ८ वटा फुटबल टिमको सहभागीता छ ।

यसअघि आयोजक समितिका अध्यक्ष शम्भु चौधरीको अध्यक्षतामा आयोजना गरिएको उद्घाटन समारोहमा नेकपा माओबादी केन्द्रका नेता तथा विधायक असर्फी सदा, अग्निसाईर कृष्णासवरन गाउँपालिकाकी उपाध्यक्ष मिना चौधरी, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य कल्पना चौधरी, संघीय परिषद् सदस्य गुणानन्द चौधरी, एमाले नेता माधाव प्रसाद चौधरी, अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पशुपति चौधरी, १ का अध्यक्ष तेज नारायण चौधरी थारु लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस