प्रदेश २ सरकारको प्रवक्तामा अर्थ मन्त्री साह नियुक्त

राजविराज, २२ असोज । प्रदेश २ सरकारको प्रवक्तामा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई नियुक्त गरिएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री साहलाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय भएको हो ।

सप्तरी क्षेत्र २ (क)बाट निर्वाचित साहलाई प्रदेश गठन भएको बेला भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । केही समयअघि मात्रै मन्त्रालय हेरफेर हुने क्रममा साहलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस