सप्तरीमा बुधवार ३१ जना संक्रमित थपिए, संक्रमितको संख्या ६१६ पुग्यो

राजविराज । सप्तरीमा बुधवार थप ३१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजविराज नगरपालिका र रुपनी गाउँपालिकाका गरी ३१ जनामा संक्रमण पष्टि भएको हो ।

राजविराज नगरपालिकाका २७ र रुपनी गाउँपालिकाका ४ गरी ३१ जनामा संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख दुनीयालाल यादवले जानकारी दिए । राजविराज–२ का १० जना, वडा नं. ६ का ९ जना, वडा नं. ७ का ६ जना, वडा नं. ८ का १ जना तथा गजेन्द्रनारायण सिंह अस्पतालका एक जना स्वास्थ्यकर्मी छन् भने रुपनी–५ का ३ र वडा नं. ६ का १ जना संक्रमित भएका छन् ।

योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्याको ६ सय १६ जना पुगेको छ भने जसमध्ये ४ सय २४ जना निको भएर घर फर्किएका छन ।

Author:



क्याटोगरी छान्‍नुहोस