अब उदयपुरबाटै सवारी चालक अनुमति पत्र

बिराटनगर । यातायात व्यवस्था सेवा कार्यालय गाईघाटले सवारी अनुमतिपत्र (लाइसेन्स) वितरणको काम थालेको छ । २०७२ असारमा सेवा कार्यालय स्थापना भए पनि पहिलो पटक लाइसेन्स दिने काम थालेको हो ।

यातायात व्यवस्था विभाग, प्रदेश यातायात व्यवस्था निर्देशनालय इटहरीबाट २९ कात्तिकबाट लाइसेन्स वितरणको परिपत्र आएको कार्यालय प्रमुख सुभाष कार्कीले जानकारी दिए ।

यसअघि सवारी दर्ता, लाइसेन्स नविकरणको काम मात्रै हुने गरेकोमा लाइसेन्सको फारम भर्न थालिएको जानकारी दिए । लाइसेन्स नै वितरणको जिम्मेवारी पाएको कार्यालय प्रमुख कार्कीले बताए । उनका अनुसार अब स्कुटीदेखि जीप, कार, भेन जस्ता हलुका सवारी साधनको लाइसेन्स वितरण गर्ने अधिकार कार्यालयले पाएको छ ।

लाइसेन्सका लागि फाराम खुल्ला भइससकेको पनि कार्कीले जानकारी दिए ।

कार्यालयदेखि ३ किलोमिटर पश्चिम त्रियुगा नगरपालिका– ९ गहिरुनमा १ बिगाहा क्षेत्रफल जमिनमा ‘सवारी ट्रायल सेन्टर’ निर्माण भइसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस