विराटनगरमा शनिवार २५ जना कोरोना संक्रमित थपिए

जनकपुरधाम । मोरङको विराटनगर महानगरपालिकामा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोसी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिबार उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

योसँगै विराटनगरमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय ६७ पुगेको महानगरपालिकाका जनस्वाथ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ भने ७६ जना संक्रमणमुक्त भएको उनले बताए ।

शनिवार थपिएका संक्रमितमध्ये १७ जना पुरुष र ८ जना महिला छन् । महानगरपालिकाका अनुसार विराटनगर महानगरपालिका वडा नम्वर–१ का १ जना, ३ का ५ जना, ५ का २ जना, ६ का ५ जना, ८ का १ जना, ९ का २ जना थपिएका छन ।

यसैगरी, वडा नम्वर ११ का १ जना, १३ का १ जना, १५ का १ जना, १६ का ३ जना र १७ का २ जनामा संक्रमण देखिएको प्रमुख कार्कीले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस