महेन्द्र सिंह धोनीले भने–‘१९२७ बजेदेखि मलाई रिटायर्ड सम्झिदिनुहोला।’

जनकपुरधाम । भारतीय क्रिकेट टिमका सफल कप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन । उनी शनिवार सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोष्ट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

उनी इन्स्टाग्राममा लेखेका छन्, ‘तपाईंको प्रेम र सहयोगकालागि धन्यबाद । आज साँझ १९२७ बजेदेखि मलाई रिटायर्ड सम्झिदिनुहोला ।’

इन्स्टाग्रामको उक्त पोष्टमा ‘मैं पल दो पल का शायर हू’ गीतका साथ सुन्दर ढंगले आफ्नो करिअरको सबै उतार–चढाव प्रस्तुत गरेका छन् । महेन्द्र सिंह धोनी भारतीय एक मात्र त्यस्ता कप्तान हुन, जसले आईसीसीका ती ठूला ट्रफीहरू कब्जा गर्न सफल भए ।

धोनीको कप्तानीमा भारतले आईसीसी वर्ल्ड टी–२० (२००७) मा, क्रिकेट वल्र्ड कप (२०११)मा र आईसीसी च्याम्पियन्स ट्रफी (२०१३) मा जितेको थियो । उनी २०१९ मा एकदिवसीय विश्वकपमा न्युजिल्यान्डविरुद्ध सेमीफाइनल खेलमा अन्तिम पटक भारतको जर्सीमा देखिएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस