सप्तरीमा सोमवार ६ जना कोरोनामुक्त भए, ४ नयाँ संक्रमित थपिए

राजविराज । सप्तरीमा सोमवार थप ६ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । योसँगै सप्तरीमा कोरोनामुक्त भएर घर फर्किनेको संख्या ५२१ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

यसैगरी, सोमवार ४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । हनुमाननगर कंकालिनी र डाकनेवरी नगरपालिकाका १–१ जना तथा राजगढ र तिलाठी कोइलाडी गाउँपालिकाका १–१ जना गरी ४ जना नयाँ संक्रमित थपिएको कार्यालयका प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ७३४ जना पुगेको छ भने संक्रमितबाट हालसम्म ५ जनाको मृत्यु भइसकेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस