खाँडो नदीको निकास र दशगज्जामा पुल निर्माणको लागि पहल गरिदिनहुन मन्त्री साहद्वारा आग्रह

राजविराज, १ चैत । मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले सप्तरीस्थित दशगज्जा क्षेत्र भएर बग्ने खाँडो नदीको निकास र नदीमा पुल निर्माणको लागि पहल गरिदिनहुन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई आग्रह गरेका छन् ।

प्रदेश सरकार प्रवक्ता समेत रहेका साहले मंगलबार मन्त्री यादवलाई ध्यानाकर्षण पत्र बुझाउँदै दशगज्जामा नदीको निकास नहुँदा र तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित नदीमा पक्की पुल नहुँदा दुवै (नेपाल–भारत) तर्फका सर्वसाधारणलाई समस्या हुँदै आएको उल्लेख गरेका छन् ।

‘भारत विहारको सुपौल जिल्ला अन्तर्गत पर्ने कुनौली बजारसँग जोडिने सिमानामै खाँडो नदी छ। दुवैतिर सडक भए पनि नदीमा पक्की पुल छैन । दुई वर्षअघिसम्म त्यहाँ बाँसको पुल हुने गर्दथ्यो तर पछिल्लो बाढी र कोरोनाको लकडाउनकोबीच जिर्ण बनेको सो पुललाई भारतीय सुरक्षाकर्मीले पुर्ननिर्माण गर्न दिएन। पुल नहुँदा दुवैतिरका आमजनलाई निकै समस्या र चुनौतिहरुको सामना गर्नुपरिरहेको छ’ पत्रमा भनिएको छ, ‘पुल नहुँदा सर्वसाधारण खाँडो खोलाबाटै वारपार गरिरहेका छन्, जुन वर्खामा जोखिमपूर्ण छ।’

दुई देशबीचको व्यापारिक र पारिवारिक सम्बन्ध भए पनि दुवै देशले खाँडो नदीमा पुल निर्माणमा चासो नदिएको सो भेगका सर्वसाधारणको गुनासो रहेको पत्रमा उल्लेख छ । ‘बाढीका कारण वर्षेनी करोडौं क्षति नियन्त्रण, मानविय क्षति रोक्न तथा दुई देशका सर्वसाधारणलाई सहज आवत जावतका निम्ति दशगज्जा क्षेत्रमा थुनिएको खाँडो नदीलाई अविलम्ब निकास दिनुकासाथै मुख्य भन्सार नाकालाई भारतीय बजारसँग जोडने पुल निर्माण अत्यावश्यक रहेको हुँदा त्यसका निम्ति भरपर्दो पहल गरिदिन हार्दिक अनुरोध छ ।’, पत्रमा उल्लेख छ ।

 

Author:



क्याटोगरी छान्‍नुहोस