आफैंले चलाएको भरुवा बन्दुकको गोली लागेर एकको ज्यान गयो

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–१ रातमाटेमा मंगलबार साँझ भरुवा बन्दुक चलाउँदा एक जनाको ज्यान गएको छ ।

स्थानीय ४७ बर्षीय सुर्य बहादुर खत्रीले छिमेकीको गोठमा भरुवा बन्दुक चलाउँदा आफ्नै पेटमा लागेर गम्भीर घाइते भएका थिए ।

खत्रीलाई उपचारको लागि जिल्ला अस्पताल भोजपुरमा भर्ना गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस