सप्तरीमा ९ महिलासहित थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८०५ पुग्यो

राजविराज । सप्तरीमा ९ महिलासहित २४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय सप्तरीकाअनुसार शनिवार राति र आइवार आएको रिपोर्टबाट उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

जसमा सवैबढी हनुमाननगर कंकालिनी नगरपालिका छन् । सो नगरपालिकाका वडा नम्वर ९ का ११ जना, ७ का २ जना, ६ का २ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

यसैगरी, राजविराज नगरपालिका वडा नम्वर ६ का १ जना, २ का १ जना, ७ का २ जना, ४ का २ जना र वडा नम्वर १३ का १ जना गरी ७ जना, महादेवा गाउँपालिका वडा नम्वर ६ का १ जना र सप्तकोशी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ । राजविराजमा संक्रमण पुष्टि भएको एक महिलाको शनिवार राति मृत्यु भएको प्रमुख यादवले बताए ।

योसँगै सप्तरीमा संक्रमितको संख्या ८०५ जना पुगेको छ । जसमध्ये ६ जनाको मृत्यु भइसकेको छ । यसैगरी पछिल्लो २४ घण्टामा २१ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसहित निको हुनेको संख्या ५५७ जना पुगेको कार्यालयको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस