प्रदेश १ सरकारको ५४ प्रतिशत मात्रै बजेट खर्चियो

विराटनगर । प्रदेश १ सरकारले चालु आर्थिक वर्षको हालसम्म ५४ प्रतिशत मात्र बजेट खर्च गरेको छ । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म प्रदेश सरकारले १८ अर्ब रुपैयाँ बजेट खर्च गरेको हो ।

प्रदेश सरकारको चालु आर्थिक वर्षमा साढे ३४ अर्बको बजेट थियो । जसमा पुँजीगततर्फ ९ अर्ब २४ करोड ४९ लाख र चालुतर्फ ९ अर्ब २२ करोड ७३ लाख बजेट खर्च गरेको छ । चालु आर्थिक बर्षका लागि १७ अर्ब ९७ करोड ७ लाख पुँजीगत बजेट बिनियोजन गरेको थियो भने चालुतर्फ भने १६ अर्ब ५४ करोड ५ लाख ९ रुपैयाँ सरकारले बजेट विनियोजन गरेको थियो ।

सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले सबैभन्दा बढी ९६ प्रतिशत बजेट खर्च गरेको छ । सबैभन्दा कम २० दशमलव १२ प्रतिशत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले २ अर्ब २३ लाख खर्च गरेको छ । सो मन्त्रालयका लागि चालु आर्थिक वर्षका लागि २ अर्ब ७ करोड २६ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस