जसपाको तयारी–डा.बाबुरामलाई कारबाही, सबै मन्त्री फिर्ता बोलाउने

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहितका नेतालाई कारबाही र सबै मन्त्री फिर्ता बोलाउने भएको छ । गए (सोमबार) राति पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षीय बसेको कार्यकारिणी समिति बैठकले सो निर्णय गरेका गरेका हुन् ।

एक नेताकाअनुसार बैठकबाट डा.भट्टराई र महेन्द्र यादवमाथि कारबाही गर्ने अधिकार अध्यक्ष यादवलाई दिइएको छ । लामो समयदेखि जसपामा यादव र भट्टराई पक्षीबीच विवाद चलिरहेको छ । यादवले पार्टीमा एकलौटी गरेको भन्दै भट्टराई पक्षले उनको अधिकार खोस्ने प्रयास गरिरहेको छ ।

भट्टराईले कार्यकारी अधिकार आफूले लिने रणनीति अनुसार गतिविधि गरिरहेको पाइन्छ । यसका लागि उनले पार्टीमा हस्ताक्षर अभियान चलाएका थिए । यो सबै कुराको चाल पाएको यादव पक्षले कार्यकारिणी समितिमा आफ्नो बहुमत भएको दाब गर्दै भट्टराई माथि नै कारबाही गर्न निर्णय लिएको हो ।

त्यस्तै, बैठकले सरकारमा रहेका चारवटै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिएको छ । जसपाबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री भएका छन् ।

यसअघि नेकपा (एकीकृत समाजवादी)ले पनि सरकारमा नयाँ मन्त्री पठाएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस