सप्तरीमा ट्रकमा आगलागी

राजविराज, १४ असार । सप्तरीमा आज विहान एउटा ट्रकमा अचानक आगलागी भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कंकालिनी मन्दिर–कोसी ब्यारेज खडकखण्डमा ना६ख ५२६३ नम्वरको ट्रकमा आगलागी भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सो ट्रकको ब्याट्री सर्ट भई आगो लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

आगलागीबाट ट्रकको अगाडिको भागमा पूर्णरुपमा क्षति भएको छ भने अन्य भागमा समेत समान्य क्षति भएको छ ।

विहान करिब ३ बजे ट्रकमा लागेको आगो ईलाका प्रहरी कार्यालय कञ्चनपुर र भारदहका प्रहरी टोली, स्थानीयवासिन्दा र बारुणयन्त्रले निभाएका थिए ।

Author:

क्याटोगरी छान्‍नुहोस