मधेशका शहिद परिवारलाई मासिक २१ हजार भरणपोषण भत्ता

जनकपुरधाम । मधेशी शहिद प्रतिष्ठानले मधेश आन्दोलन र जनयुद्धमा शहिद भएका परिवारलाई भरणपोषण भत्ता र सन्तानलाई छात्रवृत्ति दिने भएको छ । भरणपोषण भत्ता वापत मासिक २१ हजार रुपैयाँ दिइने प्रतिष्ठानका कार्यकारी निर्देशक छठु चौधरीले जानकारी दिए ।

भरणपोषण तथा छात्रवृत्ति सम्बन्धी कार्यविधि २०७९ को दफा (६) बमोजिम मधेश आन्दोलन तथा जनयुद्धमा शहिद भएका परिवारको आर्थिक अवस्था कमजोर भएको परिवारलाई पहिलो प्राथमिकतामा राखी मासिक अधिकतम २१ हजार रुपैयाँका दरले भत्ता दिने निर्णयअनुसार सूचना जारी गरिएको उनले बताए ।

त्यस्तै, कक्षा १ देखि ६ सम्मका शहिदका सन्तानलाई १६ हजार रूपैयाँ र कक्षा ७ देखि १२ सम्म १८ हजार रुपैयाँ एकमुष्ट वार्षिक रुपमा छात्रवृत्ति दिइने उनले जानकारी दिए । भत्ता र छात्रवृत्तिका लागि जारी गरिएको सूचनाअनुसार निवेदनका दिनका शुक्रवार (असार १७)सम्मको समय दिइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस