जसपाको केन्द्रीय समितिको बैठक वीरगञ्जमा हुने

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक पर्साको वीरगञ्जमा हुने भएको छ ।

जसपा नेपाल केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले सो जानकारी दिएका हुन् । बैठक यही असार २७ र २८ गते बस्ने गरी बोलाइएको छ ।

दुई दिनसम्म चल्ने बैठकमा पार्टीको पछिल्लो अवस्था, सङ्गठन सुदृढीकरण र आगामी प्रदेश र सङ्घीय निर्वाचनको पूर्वतयारीका लागि रणनीति तयारीका विषयमा छलफल हुने जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस