निजगढ विमानस्थलमा प्लेन ल्याण्ड गराउने नै होः प्रधानमन्त्री देउवा

जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य गठबन्धन सरकारको प्राथमिकतामा रहेको बताएका छन् । विमानस्थल निर्माणका लागि प्रस्तावित स्थलको शनिवार निरीक्षण गर्न आएका उनले यस्तो बताएका हुन् ।

‘निजगढ विमानस्थल बनाउने काम गठबन्धन सरकारको प्राथमिकतामा रहेको छ’ उनले भने ‘तराई मधेस द्रुतमार्ग र विमानस्थल एकअर्कासँग जोडिएको आयोजना हो ।’

प्रधानमन्त्री देउवाले दुवै आयोजना निर्माण नरोकिने बताए । ‘विमानस्थलकै कारण द्रुतमार्ग निर्माण भएको हो । त्यसैले दुवै आयोजनाको पूर्ण काम हुन्छ’ उनले भने ‘द्रुतमार्ग बनाएर प्लेन ल्याण्ड गराउने नै हो ।’

सोही कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि समयमै विमानस्थल बन्नुपर्नेमा जोड दिए । ‘समयमै विमानस्थल नबने राज्यको अर्बौँ लगानी खेर जानेछ’ उनले भने ‘द्रुतमार्ग बनाउनुको औचित्य विमानस्थलसँग जोडिएको छ र विमानस्थल समयमै बन्नुपर्छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस