फेरी बढ्यो सार्वजनिक गाडीको भाडा, कुन बाटोमा कति ?

जनकपुरधाम । सार्वजनिक गाडीको भाडादर पुनः बढेको छ। यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै अन्तर प्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडादर बढेको जनाएको हो ।

विभागका अनुसार यात्रुवाहक गाडीमा एक दशमलव ७९ प्रतिशतले भाडा बढेको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा दुई दशमलव ३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ६ प्रतिशतले भाडादर समायोजन भएको छ ।

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरुपमा भाडादर परिवर्तन हुने उल्लेख छ ।

कुन बाटोमा भाडा कति ?

2079.03.27अन्तरप्रदेशभाडादर2022-07-11_06-10-24-753

Author:



क्याटोगरी छान्‍नुहोस