सरकारको ४ खर्ब ८३ अर्ब बेरुजु नाघ्यो

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले यस वर्ष संघीय सरकारको ४ खर्च ८३ अर्ब बेरुजु नाघेको देखाएको छ । महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ ।

गत वर्षसम्मको बाँकी बेरुजु ४ खर्ब १८ अर्ब ८५ करोड थियो । यसमा समायोजन तथा फर्स्यौट गरिएको अंक घटाई यो वर्ष थप भएको बेरुजु जोड्दा कुल बेरुजु ४ खर्ब ८३ अर्ब ६० करोड पुगेको हो ।

महालेखाले यो वर्ष संघीय, प्रदेश सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्थाहरू समेतको ७५ खर्ब ३३ अर्ब ९ करोडको लेखा परीक्षण सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।

संघ, प्रदेश र स्थानीय तह समेतको लेखा परीक्षणबाट एकै वर्षमा १ खर्ब १५ अर्ब पाँच करोड बेरुजु कायम भएको प्रतिवेदनले औंल्याएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस